fbpx
Get up to Rs.1000 Cashback via Khalti !! GoDirect :Buy Now

धनगढीमा दुई दिने आत्महत्या रोकथाम सम्बन्धी तालिम सम्पन्न

09 Jul, 2024

धनगढी उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू सहभागी रहेको तालिम शनिवार सम्पन्न भएको हो। वर्ल्डलिङ्को आर्थिक सहयोगमा साइकडेस्क फाउन्डेसनले तालिम आयोजना गरेको हो। वर्ल्ड लिङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढीमा स्वास्थ्यकर्मीका लागि आत्महत्या रोकथाम सम्बन्धी तालिम आयोजना गरेको हो।

तालिमको समापनको अवसरमा बोल्दै नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले स्वास्थ्यकर्मीहरूलाई आत्महत्या रोकथामको तालिम उपमहानगरपालिकाको नीतिअनुसार दिइएको बताइन्। उनले तालिम चलाउन वर्ल्डलिङ्कले आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै तालिमपछि स्वास्थ्यकर्मीले समुदायमा काउन्सिलिङ गर्ने र कुनै पनि व्यक्तिले आत्महत्या गर्ने अवस्था आउन नदिन प्रभावकारी भूमिका खेल्ने बताइन्।

कार्यक्रममा सहभागी सुशीला देउवाले दुई दिनको तालिम निकै उपलब्धिमूलक रहेको बताइन्। उनले अन्य दुर्घटनामा सबैको ध्यान जान्छ तर आत्महत्याको विषयमा कम ध्यान जाने गरेकोमा तालिम लिएपछि कार्यक्षेत्रमा काम गर्दा सहज हुने बताइन्। तालिमले आत्महत्या हुन नदिन के गर्ने भन्ने ज्ञान दिएकाले समुदायमा चेतना विकास गर्न तालिम फलदायी हुने विश्वास देउवाले व्यक्त गरिन।

Untitled

तालिमका अर्का सहभागी कृष्ण बोहराले तालिमले ग्रामीण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई सिक्ने मौका मिलेको बताए। तालिमको सिकाइ समुदाय, विद्याल र कलेजमा समेत लागू गर्न आफूहरू तत्पर रहेको बोहराले बताएका छन्। उनले तालिमबाट नयाँ खालको शिक्षा मिलेको र तालिमबाट सिकेको कुरा विद्यालय स्वास्थ्य कार्यक्रम तथा महिला स्वास्थ्य स्वयंसेविका मार्फत लागु गरेर आत्महत्या न्यूनीकरणका लागि काम गर्न बताए।

पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले हालका दिनहरूमा आत्महत्याका घटना बढेकाले तालिमले व्यक्तिको मानसिक समस्या पहिचान गरेर समाधान निकाल्न सहयोग मिल्ने बताए। उनले स्वास्थ्यकर्मीले गर्ने काउन्सिलिङबाट सर्वसाधारणले अकालमा मृत्युवरण गर्ने परिस्थिति बन्न नपाउने धारणा व्यक्त गरे।

Untitled 1

तलिमक प्रशिक्षक डाक्टर नरेन्द्र ठगुन्नाले आत्महत्या रोकथाम सम्पर्क, सम्बाद र सहकार्यका माध्यमबाट गर्न सकिने बताउँदै धनगढी उपमहानगरपालिकाले विभिन्न क्षेत्रसँग सहकार्य गरेर आत्महत्या रोकथाम गर्न काम गर्नुपर्ने बताए। 

Untitled 2
Untitled 3