fbpx
Get up to Rs.1000 Cashback via Khalti !! GoDirect :Buy Now

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

24 Apr, 2024

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वल्डलिंकले हालै ग्राहक सङ्ख्यामा यो नयाँ उचाईं हाँसिल गरेको हो ।

आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको कम्पनीले वि.सं. २०७४ सालको जेठमा एक लाख ग्राहकलाई  इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको थियो ।  त्यसको एक वर्षपछि अर्थात् २०७५ साल जेठसम्म आइपुग्दा कम्पनीका ग्राहक दुई नाघेका थिए भने

सोही वर्षको माघ महिनामा अर्को आँकडा पार गर्दै कम्पनीले तीन लाख ग्राहकलाई आफ्नो नेटवर्कमा जोड्न सफल भएको थियो । 

यसरी निरन्तर रूपमा सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा कम्पनीले वि.सं २०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिङ्कले अर्को नयाँ उचाई छोएको हो ।  यसरी कम्पनीले पछिल्लो नौ महिनाको अवधिमा मात्रै थप एक लाख ग्राहक बढाएको हो ।

‘‘नौ लाख घरधुरीको कोसेढुंगा पार गर्नु भनेको वर्ल्डलिंकको सेवा प्रति ग्राहकहरूले देखाउनु भएको विश्वासको प्रमाण हो,’’ ग्राहकहरू प्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीका सीईओ केशव नेपालले भनेका छन्, ‘यो कोसेढुंगा हाम्रो सेवामा ग्राहकले देखाएको विश्वासको प्रमाण हो । हामी हाम्रा ग्राहकहरूलाई थप प्रभवकारी र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि हाम्रो सेवा र क्षमतालाई थप विस्तार गर्न प्रतिबद्ध छौं ।“

घरायसी, साना तथा मझौला व्यवसाय तथा कर्पोरेट गरी विभिन्न प्याकेजमा ग्राहकको आवश्यक्ता अनुसार सहुलियत दरमा कम्पनीले गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।

Wlink 900k Customers V4 final 1 1024x1024 1

दुई वर्ष अघि वर्ल्डलिङ्कले ठूलो विदेशी लगानी भित्र्याउन सफल भएको थियो । जुन नेपालको इन्टरनेट सेवा प्रदायक मध्येको पहिलो र एक मात्र कम्पनी हो । कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्र्याएको छ । विदेशी लगानी भित्रिएसँगै कम्पनीले देशव्यापी रूपमा गुणस्तरीय सेवा विस्तारका साथै कर्मचारीहरूको सीप अभिवृद्धिमा समेत ठुलो लगानी गरिरहेको छ ।

आजका दिनमा वर्ल्डलिंक देशको सबैभन्दा ठुलो रोजगारदताको रूपमा समेत स्थापित भइसकेको छ । हाल वर्ल्डलिंकमा ५३ सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । कूल १३० शाखा मार्फत कम्पनीले देशका सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट उपलब्ध गराइरहेको छ । बाँकी रहेका ४ जिल्लामा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार हाल कम्पनीले नेपालको कूल इन्टरनेट बजारको ३५ प्रतिशत बजार हिस्सा ओगट्ने गरेको छ भने हाल देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४० प्रतिशत वर्ल्डलिंकमार्फत नै प्रवाह हुने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्री वाईफाई समेत उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३८ लाख ७० हजारभन्दा बढी रहेको देखिन्छ । कम्पनी सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीको रूपमा सरकारबाट विभिन्न समयमा सम्मानित भइसकेको छ । यसका साथै कम्पनीले एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) मार्फत ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’, कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्डलगायतका अवार्ड प्राप्त गर्न सफल भएको छ ।

Untitled 1 768x1024 1

सबैलाई ‘जहाँ पनि जहिले पनि जोड्ने’ लक्ष्य सहित डिजिटल नेपालको भविष्य सुनौलो बनाउन आफू निरन्तर लागि परेको वर्ल्डलिंकको भनाई छ । कम्पनीका अनुसार नौ लाख ग्राहकको आँकडा मंगलबार साँझ ५ बजेर ३१ मिनेटमा हासिल भएको हो । प्रविधिमार्फत मानिसको जीवन परिवर्तन गर्ने कम्पनीको यात्रामा यो महत्त्वपूर्ण क्षण भएको कम्पनीले उल्लेख गरेको छ ।

WorldLink Celebrates Monumental Milestone: Reaching 900,000 Households 

WorldLink, a pioneer in the telecommunications industry of Nepal, is proud to announce a significant achievement in its 29 years of service: reaching a customer base of 900,000 households. Since its inception in 1995, WorldLink has been at the forefront of providing innovative internet services to the people of Nepal, evolving from email services to cutting-edge fiber internet connectivity.

WorldLink’s journey began with humble origins, offering email services, and has since expanded to provide a comprehensive range of internet solutions, starting from dial-up, cable internet, wireless internet, and the revolutionary FTTH fiber internet introduced in 2014. The company’s commitment to excellence and innovation has propelled it to become a household name in Nepal’s telecommunications landscape.

Currently operating in 73 districts of Nepal through its network of 130 branches, WorldLink has witnessed exponential growth in its customer base over the years. From reaching its first 1 lakh customers in May 2017 to achieving the remarkable milestone of 9 lakh customers in April 2024, WorldLink’s rapid expansion is a testament to its dedication to providing reliable and high-speed internet access to communities across the nation.

With a workforce of +5300 employees, WorldLink continues to set new standards of service excellence and customer satisfaction. In addition to serving individual households, WorldLink also caters to major industries, banking and finance sectors, and government offices with its enterprise internet services.

To fuel its future growth and expansion initiatives, WorldLink has secured Foreign Direct Investment (FDI) from British International Investment and Dolma Impact. This strategic investment has enabled the company to enhance its infrastructure and bolster its capacity, positioning it for further success in the dynamic telecommunications market.

Looking ahead, WorldLink is committed to extending its internet services to remote parts of Nepal where access to such services is limited or non-existent, thereby bridging the digital divide and empowering communities with connectivity and opportunities. Currently holding a remarkable 35% market share in the ISP industry and accounting for 40% of Nepal’s internet traffic consumption, WorldLink remains steadfast in its mission to connect people and enrich lives through technology.

Reaching the milestone of 900,000 households is a testament to the trust and confidence that customers place in WorldLink’s services. In expressing gratitude to its loyal customers, CEO Keshav Nepal stated, “We are deeply honoured by the trust our customers have shown in us. This milestone is a testament to their belief in our services. We remain committed to further enhancing our services and capacity to better serve our customers.”

WorldLink achieved this historic milestone on April 23rd at 5:31 PM, marking a significant moment in its journey towards transforming lives through technology.