fbpx
Get up to Rs.1000 Cashback via Khalti !! GoDirect :Buy Now

वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनिश सरकारी कम्पनी फिनफण्डको १ करोड युरो लगानी

28 Nov, 2024

प्रेस विज्ञप्ति

काठमाडौं। २०८१ मंसिर १३ गते

हामी उत्साहित छौं घोषणा गर्न, फिनफण्ड – फिनल्याण्ड सरकारको फन्डिङ्ग कम्पनीले वर्ल्डलिङ्कमा €१० मिलियन लगानी गरेको छ! यो लगानीले हाम्रो फाइबर नेटवर्क विस्तार गर्न सहयोग गर्नेछ र नेपालका ग्रामीण तथा शहरी क्षेत्रहरूमा थप भरपर्दो र तिब्र गतिको इन्टरनेट सेवा ल्याउनेछ।
साथै, हामी डिजिटल विभाजनलाई हटाउँदै नेपालको डिजिटल रूपान्तरणलाई गति दिन एकसाथ काम गर्दैछौं।
हाम्रो लक्ष्य – तपाईलाई “कनेक्ट गर्न, जहाँ पनि, जहिले पनि।”
हाम्रो आगामी योजनाहरूको लागि अपडेटमा रहनुहोस्!

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिनेछ। नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित छन् र शहरी र ग्रामीण क्षेत्रहरूमा उल्लेखनीय असमानता छ, यसको लागि विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ।

IMG 1561

२०८१ मंसिर १३ गते आयोजित कार्यक्रममा, फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

“वर्ल्डलिङ्कले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ,” फिनफण्डका  वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले भने, “फिनिश लगानीकर्ता भएकोले, हामी पक्कै पनि वर्ल्डलिङ्कले आफ्नो इन्टरनेट सेवाहरू बिस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौं।”

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरुका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तिब्र गतिको र थप विश्वसनिय बनाउने लक्ष्य राखेको छ।

डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिङ्कको बिस्तारले वर्ल्डलिङ्कका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्नेछ। “फिनफण्ड डाटा केन्द्र निर्माणको क्रममा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा वर्ल्डलिङ्कलाई सहयोग गर्न तत्पर छ” किल्पेलेइनले जोड दिए।

“फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तिब्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ”, वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, “हाम्रो फाइबर नेटवर्क बिस्तार गरेर तथा विश्व-स्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले शहर र ग्रामीण भेग बिचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौं।”

वर्ल्डलिंकको बारेमा देशकै सबैभन्दा ठूलो नेटवर्क प्रदायक समेत रहेको वर्ल्डलिङ्कले ५ हजार भन्दा बढी मानिसहरूलाई रोजगारी प्रदान गर्दछ। कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार साझेदारी छ, ९ लाख  भन्दा बढी घरपरिवारमा पहुँच प्रदान गर्दछ। कम्पनीले हाल नेपालको ७७ जिल्ला मध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको छ।

वर्ल्डलिङ्क ठूलो विदेशी लगानी भित्र्याउन नेपालको इन्टरनेट सेवा प्रदायक मध्येको पहिलो र एक मात्र कम्पनी हो। कम्पनीले यसअघि नै ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्र्याएको छ।

कम्पनी सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीको रूपमा सरकारबाट विभिन्न समयमा सम्मानित भइसकेको छ। यसका साथै, कम्पनीले एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) मार्फत ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’, कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्डलगायतका अवार्डहरु प्राप्त गरेको छ।

IMG 1595

फिनफण्डको बारेमा

फिनल्याण्ड सरकारको अधिनमा रहेको फिनफण्ड एक विकास क्षेत्रको लगानीकर्ता र प्रभावपार्ने लगानीकर्ता हो। यसले दिगो भविष्य निर्माण गर्न र विश्वव्यापी विकास चुनौतीहरू समाधान गर्ने व्यवसायहरूमा लगानी गरेर दिगो प्रभाव उत्पन्न गर्दछ।

फिनफण्डले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा सञ्चालित व्यवसायहरूलाई जोखिम पुँजी, दीर्घकालीन लगानी ऋण, मेजानाइन वित्तपोषण र विकासशील बजारहरूमा कसरी लगानी गर्ने भन्ने बारे विशेषज्ञता प्रदान गर्दछ। फिनफण्डले ओईसीडी/डीएसीद्वारा परिभाषित विकासोन्मुख देशहरूमा मात्र लगानी गर्छ।

यसका परियोजनाहरू लाभदायक, सामाजिक र वातावरणीय रूपमा जिम्मेवार हुने र तिनीहरूको लक्षित देशहरूमा मापनयोग्य विकास प्रभावहरू उत्पादन गर्ने आशा गर्दछ।

फिनफण्डले नवीकरणीय ऊर्जा, दिगो वन, दिगो कृषि, वित्तीय संस्था र डिजिटल पूर्वाधार र समाधानहरू जस्ता दिगो विकासका लागि महत्वपूर्ण क्षेत्रहरूमा विशेष जोड दिन्छ ।

धन्यवाद।

Finnish Government Company Finnfund Invests €10 Million in WorldLink Communications

Kathmandu, November 29, 2024. WorldLink Communications Limited, Nepal’s largest internet service provider and leading ICT company, has received an investment of €10 million from Finnfund, a funding company under the Government of Finland. This investment will be used to expand the existing fiber network. Nearly half of Nepal’s population still lacks access to broadband internet, with significant disparities between urban and rural areas. The establishment of a world-class data center will improve connectivity in Nepal and support economic growth.

At an event held on November 29, 2024, the agreement was signed by WorldLink Chairman Mr. Dileep Agrawal and Finnfund’s Senior Investment Manager, Digital Infrastructure and Solutions Portfolio Lead, Ms. Kutti Kilpeläinen, in the presence of Finland’s Minister of Foreign Trade and Development, Mr. Ville Tavio.

WorldLink is working to reduce the digital divide in Nepal by expanding its services to rural and remote areas. Finnfund’s investment in digital infrastructure aims to provide communities with faster, more affordable, and reliable internet,” said Ms. Kutti Kilpeläinen. She further added, “As a Finnish investor, we value WorldLink’s use of Nokia’s advanced technology to expand its internet services.

The collaboration between Finnish technology and equipment manufacturer Nokia and WorldLink aims to enhance the overall internet experience for WorldLink customers, offering more reliable, high-speed, and trustworthy services.

The expansion of WorldLink’s data center will not only benefit its customers but also other internet service providers, telecom companies, and public and private sector organizations. “Finnfund is committed to assisting WorldLink in managing environmental and social risks during the data center’s construction process,” Ms. Kilpeläinen emphasized.

Finnfund’s investment is a significant milestone in our mission to connect every corner of Nepal with fast, reliable, and affordable internet,” said Mr. Dileep Agrawal, Chairman of WorldLink. “By expanding our fiber network and establishing a world-class data center, we aim to eliminate the digital divide between urban and rural areas and accelerate the country’s digital transformation.

About WorldLink
WorldLink, the country’s largest network provider, employs over 5,000 people and holds a 35% broadband market share in Nepal, reaching over 900,000 households. The company currently operates in 73 out of 77 districts in Nepal.

WorldLink is the first and only ISP in Nepal to bring in substantial foreign investment. The company previously attracted investments from British International Investment (BII) and Dolma Impact Fund (DIFII).

WorldLink has been recognized by the government multiple times as the highest tax-paying company. It has also received accolades like the ‘Digital Transformation Award’ from the Asian-Oceanian Computing Industry Organization (ASOCIO) and the Corporate Excellence ISP Award, among others.

About Finnfund
Finnfund, a development and impact investor under the Finnish government, creates sustainable impact by investing in businesses that build a sustainable future and address global development challenges.

Finnfund provides venture capital, long-term loans, mezzanine financing, and expertise in investing in emerging markets, focusing on Africa, Asia, and Latin America. It invests exclusively in developing countries as defined by OECD/DAC.

Its projects are expected to be profitable, socially and environmentally responsible, and generate measurable development impacts in their target countries.

Finnfund places particular emphasis on sectors critical for sustainable development, including renewable energy, sustainable forestry, sustainable agriculture, financial institutions, and digital infrastructure and solutions.