नेपालमा पहिलो पटक WorldLink बिल भुक्तानी मा १०% VAT Refund मात्र Khalti बाट
Published on: 15 May, 2022

नेपालमा पहिलो पटक WorldLink बिल भुक्तानी मा १०% VAT Refund मात्र Khalti बाट
Khalti बाट भुक्तानी गर्दा अब छुट पनि, Cashback पनि, अनि साथसाथै VAT refund पनि आयो नि, थाहा छ ? हजुर, WorldLink का प्रयोगकर्ताहरूको लागि Khalti ले ल्याएको छ इन्टरनेट बिल भुक्तानी गर्दा आफ्नो १०% VAT फिर्ता हुने refund सुविधा।
आन्तरिक राजस्व विभाग (Inland Revenue Department) द्वारा जारी गरिएको यो सुविधा अहिले WorldLink को भुक्तानीमा मात्र उपलब्ध छ। नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न हातेमालो गरि प्रयोगकर्ताको सहजता बढाउन WorldLink र ‘Khalti’ ले यो सुविधालाई अगाडी बढाएका हुन्। प्रयोगकर्तालाई 10% VAT Refund को सुविधा Khalti बाट भुक्तानी गर्दा मात्र प्राप्त हुनेछ।
Khalti मार्फत् नै WorldLink को बिल भुक्तानी किन त ?
हरेक भुक्तानी मा तपाईले भुक्तानी गर्नुभएको रकमको १३% VAT मा 10% VAT refund प्राप्त गर्नुहुनेछ (उदाहरण: यदि तपाईको Total paid amount 10,000 छ भने VAT amount Rs. 1,300 हुनेछ र यस VAT amount को १०% अर्थात् रू. 130 Refund हुनेछ)
- Khalti बाट First WorldLink payment मा ‘GOCASHLESS’ promocode प्रयोग गर्दा Rs. 250 off
प्रयोगकर्ताहरुले अनिवार्य रुपमा गर्नु पर्ने भुक्तानीमा यी सुविधाको मज्जा लिन Khalti मार्फत भुक्तानी गर्न सक्नुहुनेछ।
Khalti मार्फत् WorldLink को बिल कसरी भुक्तानी गर्ने ?
तपाइले तल बताइएको तरिका अनुसार सजिलै Khalti मार्फत् WorldLink को बिल भुक्तानी गर्न सक्नुहुनेछ:
- Register and Log-in to the Khalti app or Khalti web (khalti.com)
- Khalti app को Home screen मा रहेको internet icon मा ट्याप गर्नुहोस्।
- WorldLink मा ट्याप गर्नुहोस्।
- Username दाखिला गरि Get Details मा ट्याप गर्नुहोस्।
- तपाइले तिर्नुपर्ने रकम देख्नु हुनेछ।
- आफूलाई उपयुक्त हुने भुक्तानी विकल्प छनौट गरी भुक्तानी गर्नुहोस्।
- तपाईंले Cashback र Cashback कै रुप मा प्राप्त हुने VAT refund आफ्नो Transactions मा देख्नसक्नुहुनेछ।
T & C (नियमहरु)
10% VAT refund अनुसार Khalti प्रयोगकर्ताले VAT amount को १०% cashback स्वरूप प्राप्त गर्नेछन्।
- यो सुविधा Khalti प्रयोगकर्ता उपभोक्ता (consumer) को लागि मात्र लागु हुनेछ साथै WorldLink जडान पनि उपभोक्ता (consumer) बर्गको हुनु पर्ने छ अर्थात यो सुबिधा व्यवसायिककार्य प्रयोजनको लागि दिईने छैन l
- यो सुविधा प्राप्त गर्न Khalti प्रयोगकर्ताको KYC verify हुन अनिवार्य छैन।
- 10% VAT refund रु १००० देखि १००००० सम्मको भुक्तानी का लागि मात्र लागु हुनेछ।
- Decimal पछाडिको अङ्क मान्य हुनेछैन (उदाहरण: यदि तपाईको फिर्ता हुने VAT amount रू. १०. 99 छ भने तपाईले रू. १० प्राप्त गर्नु हुनेछ )।
प्राप्त भएको 10% VAT refund, Transaction history मा Cashback को रूपमा देख्न सकिनेछ।
Source: Khalti Blog